अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमलका दुई वडामा एमालेको भेला,केपी ओलीलाई जिताउने सल्लाह

कमलका दुई वडामा एमालेको भेला,केपी ओलीलाई जिताउने सल्लाह



दमक – नेकपा एमालेको निर्वाचन लक्षित झापाको कमल गाउँपालिकामा दुईवटा वडाको छुट्टाछुट्टै भेला आज सम्पन्न भएको छ ।
नेकपा एमालेको कमल गाउँपालिका ६ वडा कमिटीले आयोजना गरेको बिस्तारित भेलाले मोहिनी खनालको सयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा नं. ६ का इञ्चार्ज दिपक खड्काका अनुसार करिव ३ सयजना भन्दा बढीको सख्यामा कार्यकर्ता उपस्थित रहेको थियो ।
भेलामा उपस्थित कार्यकर्ताले कुनै पनि आयातित ब्यक्तीलाई भोट दिएर आफ्नो क्षेत्रमा भएको बिकासलाई रोक्न नसकिने सुझाव दिएका छन् । कार्यक्रममा उपस्थित लिला दाहालले हाम्रो क्षेत्रमा हरेक बर्ष रतुवाको खोलाको कटानले धुरुक्क रुवाएको थियो । आकाशमा कालो बादल लाग्ने बिक्तिकै घर छोडेर भाग्नु पथ्र्यो । तर अहिले आफुले भोट दिएर बिजयी बनाएका उम्मेद्वार केपी शर्मा ओलीको पहलमा रतुवामा स्थाई बाँध निर्माण गरेपछि ढुक्क भएको छ उहाँको भनाइ छ ।
सुगम झापा जिल्लाको दुर्गम गाउँ भनेर चिनिएको खयरबारी सहित यो क्षेत्रमा अझै धेरै बिकासका योजना सञ्चालन हुने क्रममा छन् । यस्ता अधुरा योजना पुरा गर्न पनि अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बेनु शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य मणी भण्डारी, जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुङ्गेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
आजै कमल गापा ७ मा भएको भेलाले प्रदेश कमिटी सदस्य भिम केरुङको सयोजकत्वमा २५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।


कार्यक्रममा ४ वटा उपसमिति समेत गठन गरेको कमल गाउँपालिकाका उपाध्यक्ष अकल बहादुर गुरुङले जानकारी दिनुभयो । यहाँ महिला बिभाग उपसमिति, ज्येष्ठनागरिक, युवा र आइटी सम्बन्धिका उपसमिति गठन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी शिवाकोटीले कुनै पनि मतदाताले भ्रममा नपरी आगन्तुक व्यक्तिलाई समयमा चिन्न आग्रह गर्नुभयो ।
जेएनजी पुस्ताका युवायवतीलाई उक्साएर देशको सम्पदा आगो लगाउने व्यक्ति काठमाण्डौ छोडेर झापा आएका छन् । यस्ता व्यक्तिलाई झापाली जनताले फागुन २१ गते गतिलो जवाफ दिने बताउनुभयो । कार्यक्रम वडा कमिटीका अध्यक्ष राम प्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।