अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली

आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरुले रोपेको बताउनुभएको छ ।
शहीद दिवशका अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने गर्ने आन्दोलनको बीउ शहीदहरुले रोपेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्नुभएको छ । यस्तो शासनको अन्त्य गर्न कम्यूनिष्ट र काँग्रेसको सहकार्यले महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ । ‘निरंकुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्यूनिष्ट र काँग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार ’’ सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले भन्नुभएको छ ।
अध्यक्ष ओलीले आजको दिनलाई केवल क्यालेण्डरको एउटा मिति जस्तो मात्र लागे पनि विगतलाई हेर्ने हो भने यो स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा थाहा हुने बताउनुभएको छ । अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुूल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिवद्धता जनाउनु भएको छ ।