नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान थाल्नुभएको छ । बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न भन्दै उनले मतदातासँग सल्लाह मागेका हुन् ।
भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने चौधरीले बताउनुभयो । गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भन्दै उनले विकासको योजनामा सबैको सहकार्य खोजेका छन् ।
चौधरीले अनलाइन लिंक सार्वजनिक गर्दै आफ्ना योजना र माग र सुझाव पठाउन आग्रह गर्नुभयो ।
नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने भन्दै चौधरीले २ मिनेट समय निकालेर फारम भर्न र विजय यात्रामा सहभागी हुन अपिल गर्नुभएको छ ।






प्रतिक्रिया