बागलुङ- नेकपा एमाले बागलुङ क्षेत्र नं १ का उम्मेद्वार हिराबहादुर केसीको चुनावी सक्रियता बढेको छ । उम्मेद्वारी फाइनल भएको दिन देखि नै मतदातासँग भेटघाट गर्न थालेका केसी हाल निरन्तर घर दैलोमा हुनुहुन्छ । तेस्रो पटक निर्वाचन भिडिरहेका केसी यसपाली जसरी पनि जीत निकाल्नै पर्ने दबाबमा हुनुहुन्छ । जनमोर्चाको गढको रुपमा उक्त क्षेत्रमा जीत निकाल्ने दबाबमा रहेका केसीलाई मतदताले भने उत्साहित पारेका छन् । करिब हप्ता दिन यता विभिन्न पालिकामा घरदैलो गरिरहेका केसीलाई मतदाताले मत दिने आस्वासन दिएपछि आफू थप उत्साहित भएको बताउनुभएको छ ।
‘जनस्तरमा पुग्दा हामीप्रति स्थानीयको असाध्यै प्रेम छ,’ केसीले भन्नुभयो, ‘आमा,बुबा, दिदिवहिनीहरु सवैले यसपटक हिरा केसी नै हो भनेका छन् ।’ २०७० को संविधानसभाको चुनावमा केसी नेपाली कांग्रेसका हरिवहादुर खड्कासंग उपविजेता हुनुभएको थियो । २०७९को प्रदेशसभा चुनावमा गठबन्धनको विरुद्ध एकल लड्नुपर्दा पराजित भएपनि सानदार मत प्राप्त गर्नभएका केसी मतदाताको प्रतिक्रियापछि चुनाव जित्न सहज हुने निष्कर्षमा पुग्नु भएको छ । यस पटक केसीले सहानुभुतीको मत पाउनेमा आस्वस्त हुनुहुन्छ ।
‘घरदैलोमा पुग्दा बुढाबुढी बाआमादेखि युवासम्म सवै हिराको पछि लागेका छन्,’ एमाले निर्वाचन परिचालन समितिका सदस्य सचिव गणेश थापा भन्नुहुन्छ, ‘यसपटक साँच्चिकै हिराप्रति जनस्तरमा नै माहोल सिर्जना भएको छ । यो उत्साहलाई मतदानको दिनसम्म कायम राख्यौं भने अत्याधिक मतसहित विजयी हुनेछौं ।’
युवाहरु पनि केसीकै पक्षमा उभिएका छन् । काठेखोला(६ का युवा सन्दिप कँडेलले भने, ‘जिल्लास्तरमा नै रहेर लामोसमय काम गरेकाले पनि होला युवाहरुको चाहनाको उम्मेदवार पनि हिरा केसी नै परेका छन् ।’ यो क्षेत्रमा हाल उम्मेदवार रहेका सवै ब्यक्ति काठमाडौंबाट आगन्तुकको रुपमा आएका छन् । उहाँहरुप्रति खासै जनस्तरमा माहोल उठ्न सकेको छैन् ।
‘हिरा केसी त विगत ३० बर्षदेखि जिल्लाको भूगोलमा बसेर काम गरेका नेता हुनुहुन्छ ।
‘सदरमुकाम बागलुङ बजारदेखि हुग्दीशिरसम्म पुग्दा सवैले माया गरेको पाए,’ केसीले भन्नुहुन्छ ‘यसपटक सवैले धेरै माया गरेको पाए । यो आत्मियताले मलाई थप हौसला र प्रेरणा मिलेको छ । निर्वाचनलाई परिणाममुखी बनाउनेछौ ।’ घरदैलोमा पुग्दा केसीको नम्र अनुरोध, विगतको चिनापर्ची, अभिभावकहरुको न्यानो माया अनि पार्टीका नेताहरुको सामुहिक प्रचार अभियानले एमालेप्रति उत्साह थपिएको छ ।






प्रतिक्रिया