अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेल भन्नुहुन्छ : झापा ५ मा एमालेले सहजै चुनाव जित्छ

एमाले महासचिव पोखरेल भन्नुहुन्छ : झापा ५ मा एमालेले सहजै चुनाव जित्छ


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहजै निर्वाचन जित्ने बताउनुभएको छ । ए प्रेस चौतारी नेपालले आज काठमाडौँमा गरेको साक्षात्कारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेलाई त्यहाँ कुनै जोखिम नभएको बताउनुभएको छ ।

‘झापा ५ का जनता राजनीतिक रूपमा जागरूक जनता हुन् । जसले पञ्चायतका विरुद्ध आन्दोलनको शंखघोष गरे त्यो ठाउँका जनताले हरेक लोकतान्त्रिक आन्दोलनमा पनि नेतृत्वकारी भूमिका निर्वाह गरे’, पोखरेलले भन्नुभयो, ‘त्यो ठाउँका जनता पपुलिज्म र एनार्किजमको प्रभावमा परी परिणामलाई नै तलमाथि पार्छन् भन्ने पार्टीको मान्यता छैन ।’

उहाँले झापा–५ मा बालेन पक्षधरले सामाजिक सञ्जालमा मिडियाले मात्र हल्लाखल्ला गरेको बताउनुभयो । ‘मतदाताको हिसाबले झापा–५ मा हामी सुरक्षित छौँ । त्यहाँ कुनै जोखिमको अवस्था छैन’, महासचिव पोखरेलको भनाइ छ ।

उहाँले एमाले व्यवस्थित पार्टी भएको भन्दै यो चुनावलाई पनि एमालेले नै संस्थागत बनाउने काम गरिरहेको बताउनुभयो ।

‘निर्वाचन आयोगले उम्मेदवारी दर्ताको कार्यक्रमअघि नै राख्यो । तर अहिले चुनाव प्रचार अभियान आचारसंहिताका कारण सुरु हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘जतिबेला समय सुरु हुन्छ त्यसवेला प्रचार अभियान सुरु हुन्छ ।’

महासचिव पोखरेलले एमालेले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको पनि बताउनुभयो ।