दमक-नेकपा एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका उम्मेद्वार आइन्द्रसुन्द नेम्वाङले देशको अस्तित्व रक्षाका लागि यस पटककको चुनाव महत्वपूर्ण भएकोले एमालेले मतदान गर्न सबैमा आग्रह गर्नुभएको छ । विदेशी शक्ती हाबी भएका कारण एमालेले उठाएका राष्ट्रियता,स्वाभिमानका मुद्धा कमजोर पार्न प्रयास चौतर्फी भएको उहाँले बताउनुभयो ।
दमकमा आज आयोजित पाँचथर पुख्र्यौली घर भएका मतदाताहरुको भेलामा बोल्दै नेम्वाङले पाँचथरबाट अस्थायी बसाँइसरेर दमक आएकाहरुलाई निर्वाचनको बेला अनिवार्य रुपमा गाउँ फर्किन उहाँले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ पाँचथरमा नामावली हुनेहरु उत्तै हिड्नुहोस । पार्टीको प्रचारमा लाग्नुहोस । आफन्तको घर जानुहोस । झापा ५ मा नामावली हुने पाँचथरेहरु अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन लाग्नुहोस । पाँचथरबाट बसाँइसरेर आउने नजिकको गन्तव्य दमक हो । त्यसैले यहाँ पाँचथरेहरुको जनसंख्या ठुलो छ । यहाँ बसोबास गरिरहेका मध्ये केहीको मतदाता नामावली दमकमै र केहीको पाँचथरको पुरानो थातथलोमै छ । मतदाताको ठुलो संख्या दमक आसपासमा भएकोले प्रचार कार्यक्रम लिएर झापातिर झर्नुपरेको नेम्वाङले बताउनुभयो ।
यसैगरी अर्का केन्द्रीय सदस्य इन्द्रप्रसाद भण्डारीले बसाँइसराइ समयको माग र आवश्यकता भए पनि बिचार र सिद्धान्त स्थिर हुनुपर्ने बताउनुभयो । उहाँले पाँचथरको राजनीतिक प्रभाव झापामा धेरै पहिले देखि नै भएको बताउनुभयो । उहाँले विगतका निर्वाचन अध्यक्ष ओलीलाई जिताउन पाँचथरबासीले गरेको योगदानको स्मरण गर्दै यो चुनावमा अझ विषम परिस्थितीमा भएकोले यसको गाम्भ्र्यिता बुझ्न आग्रह गर्नुभयो ।

आज दमक नगरपालिका वाड नं. १ मा भएको भेलाले दमकमा मतदाता नामावली भएका पाँचथरे मतदाताले एमालेको चुनावी अभियानमा लाग्ने प्रतिवद्धता जनाएका हुन् । त्यस्तै अस्थाइ बसोवास भएका तर मतदाता नामावली पाँचथरमा नै भएकाहरुले एमालेका उम्मेद्वार आइन्द्र सुन्दर नेम्वाङलाई बिजयी बनाउने अभियानमा लाग्ने निर्णय गरेका छन् ।
दमकमा मतदाता नामावली भएका मतदाताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी बनाउन चुनावी अभियान एक जुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष विश्वनाथ पोख्रेलले जानकारी दिनुभयो ।
करिव १ सय जना सहभागि रहेको भेलाले अस्थाई रुपमा दमक बस्ने मतदातालाई मतदान तथा चुनावी अभियानमा पाँचथरमा गई एमालेका उम्मेद्वार आइन्द्र सुन्दर नेम्वाङको चुनावी अभियानमा जुट्ने प्रतिवद्धता सहित भेला सम्पन्न भएको जनाइएको छ । नेम्वाङलेले आजै विर्तामोडमा पनि पाँचथरका मतदाताबीच छलफल गर्नुभएको छ ।






प्रतिक्रिया