अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रम चिर्दै चुनावी अभियान लाग्न युवालाई थापाको निर्देशन

भ्रम चिर्दै चुनावी अभियान लाग्न युवालाई थापाको निर्देशन



झापा – नेकपा एमालेका केन्द्रिय सदस्य होम बहादुर थापाले सम्पुर्ण युवालाई निर्वाचन अभियानमा लाग्न निर्देशन दिनुभएको छ ।
युवाहरुलाई कुनै पनि सामाजिक सञ्जालमा छरिएका भ्रमहरु बिरुद्ध भण्डाफोर गरी जनतालाई यथार्थ बुझाउन लाग्नु पर्ने बताउनुभयो । खासगरी झापाको क्षेत्र नम्बर ५ लाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध बिभिन्न झुटा भ्रम छरेर जनतालाई ढाट्ने काम गरिएको छ ।
अब यो क्षेत्रमा केपी शर्मा ओलीको नेतृत्वमा भएका बिकास निर्माण नै यसको बलियो आधार हो । जनता अझै पनि बिचलित भएका छैनन् । त्यसैले युवाहरुले यो बेला गम्भिर भएर जनताको मनोवल बढाउने कार्यक्रम लिएर जान आवश्यक रहेको बताउनु भयो ।
झापाको दमकमा राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नु भएको हो । बैठकले दमक नगर स्तरीय २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । सुदिप वनेमको संयोजकत्वमा नन्दलाल पाण्डे र सन्दिप तामाङ सहसंयोजक रहेका छन् ।
समितिले तत्काल वडास्तरीय समिति गठन गरि निर्वाचन अभियानमा लाग्ने निर्णय समेत गरिएको सगठनका क्षेत्रीय संयोजक बिबेक शर्मा भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम सगठनका सचिव कमल गैरेले सञ्चालन गर्नुभएको थियो ।