वीरगञ्जमा- जसपा लगायत विभिन्न दलका सयौं नेता–कार्यकर्ता तथा जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश
काठमाडौं वीरगञ्ज महानगरपालिका क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–१२ का जसपा केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु र मुस्तकीम हवारी लगायत नेताहरूको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१३ का पूर्व वडाध्यक्ष तूफान फारूक अन्सारी तथा निर्वाचित वडा सदस्य लालमहमद मन्सूरीको नेतृत्वमा पनि सयौंको संख्यामा नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
जसपा पर्साका नेता तथा पर्सागढी नगरपालिका वडा नं ९ का निर्वाचित वडाध्यक्ष रामबढाई यादव पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिका–११ का निर्वाचित वडाध्यक्ष अजय कुमार बरै, वडा सदस्य जगनलाल महतो धानुक तथा गौदमी देवीको नेतृत्वमा समेत नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ।
यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट जसपाका संघीय परिषद सदस्य लालदेव यादव, नगर सचिव फ़रीद आलम र इकाई कमिटी अध्यक्ष अरुण यादव लगायत नेताहरूको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित हुनुभएको छ।
एमालेले नवप्रवेशी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई हार्दिक स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ।






प्रतिक्रिया