अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीको सुझाव, परिवारजन छलफलमा

पत्रकार सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीको सुझाव, परिवारजन छलफलमा


काठमाडौं – उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएको छ । ग्राण्डी अस्पतालमै पुगेर प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टम गराउन भनेका हुन् । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने तर्क गर्दै परिवारलाई कन्भिन्स्ड गर्न खोजेका छन् ।

प्रहरीको सुझावपछि परिवारजनहरू अहिले छलफलमा रहेका छन् । सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थयमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।