अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रे -२ का एमाले उम्मेद्वार अशोक व्याञ्जुको प्रतिवद्धता : म भाषण भन्दा काम बढी गर्छु

काभ्रे -२ का एमाले उम्मेद्वार अशोक व्याञ्जुको प्रतिवद्धता : म भाषण भन्दा काम बढी गर्छु


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नं २ का उम्मेदवार अशोक व्याञ्जुले नागरिकले आफूलाई जिम्मेवारी दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताउँदै मतदातासँग सहयोग र समर्थनको माग गर्नुभयो । ‘म कुरा भन्दा पनि काम गर्ने मान्छे हुँ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले साथ दिनुस्, काम गर्ने ठाउँमा काम गरेर देखाउँछु ।’

उम्मेदवार व्याञ्जुले आफूलाई जिताउने मतदाताको शिर कहिल्यै झुक्न नदिने दाबी गर्नुभयो । ‘मतदाताले गलत ठाउँमा भोट हालेछु भन्ने अवस्था आउने काम म कहिल्यै गर्दिनँ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरू जहाँ उभिँदा पनि तपाईंहरूले जिताएको मान्छे यस्तो भनेर शिर झुकाउने काम मबाट हुँदैन ।’

उहाँले नेकपा एमालेको वर्तमान सफलता पार्टीको पुनर्जागरण, पुनर्व्यवस्थापन र इतिहासमा नाम लेखाउने अभियान भएको उल्लेख गर्नुभयो । साथै काभ्रेमा पार्टीभित्र कुनै विभेद वा दुश्मनी नरहेको उहाँले बताउनुभयो ।

व्याञ्जुले पार्टीभित्र अहिले ठूलो एकताको आवश्यकता रहेको बताउँदै नेता गोकुल बास्कोटा आफ्नो नेता भएको स्पष्ट पार्नुभयो । ‘उहाँ हाम्रो नेता हो, सधैँ नेता हुनुहुनेछ,’ उहाँले भन्नुभयो ।

उहाँले सबै नेता–कार्यकर्ता एकजुट भए निर्वाचन जित सुनिश्चित हुने बताउँदै पार्टीभित्र विभाजनको रेखा कोर्ने वा घेराबन्दी गर्ने प्रवृत्ति नगर्न आग्रह गर्नुभयो । नेकपा एमाले काभ्रे–२ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ भने उम्मेदवार व्याञ्जुले विकास र स्थायित्वलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै अघि बढ्नु भएको छ । धुलीखेल नगरपालिका प्रमुख हुँदा उहाँले गर्नु भएको  रचनात्मक कम अहिले पनि चर्चामा छ ।