अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा हिरा-मञ्जुलाई जिताउन काठमाडौंमा निर्वाचन परिचालन कमिटी

बागलुङमा हिरा-मञ्जुलाई जिताउन काठमाडौंमा निर्वाचन परिचालन कमिटी


काठमाडौं – आगामी फागुन २१ हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा बागलुङबाट नेकपा ९एमाले०का उम्मेदवारहरुलाई जिताउने संकल्पसहित काठमाडौंमा रहेका जिल्लावासीहरुले निर्वाचन परिचालन कमिटी गठन गरेका छन् । बागलुङ निर्वाचन क्षेत्र नं। १ बाट हिरा बहादुर केसी र निर्वाचन क्षेत्र नं। २ बाट मञ्जु शर्मा चालिसे एमालेको तर्फबाट उम्मेदवार रहेका छन् ।

बागलुङ(काठमाडौं सम्पर्क कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचित केन्द्रित विस्तारित भेलाले हिरा र मञ्जुलाई जिताउन काठमाडौंमा रहेका मतदातालाई मतदान केन्द्रसम्म लैजाने उदेश्यसहित निर्वाचन परिचालन कमिटी गठन गरेको सम्पर्क कमिटीका अध्यक्ष ओम बहादुर केसीले बताए ।

निर्वाचन क्षेत्र नं। १ मा गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष पदम गिरीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । सो कमिटीको सहसंयोजक ओम बहादुर केसी र सचिवमा कृष्ण खड्का रहेका छन् । सदस्यहरुमा सम्पर्कका जनवर्गिय संगठन र पालिकाका संयोजक तथा सदस्यहरु रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं। २ मा दलविर भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । सो कमिटीको सहसंयोजकमा उमेश सिर्पाली र सचिवमा विष्णु घिमिरे रहेका छन् । सदस्यहरुमा जनवर्गिय संगठन र पालिकाका संयोजक तथा सदस्यहरु रहेका छन् ।

यो कमिटीले राजधानीमा रहेका जिल्लाका मतदाताहरुसंग भेटघाट गरी छलफल गर्ने र एमालेका उम्मेदवारको पक्षमा मतदान गर्न वातवरण सिर्जना गर्ने कार्ययोजना निर्माण गरेको छ । भेलाले राष्ट्रिय राजनीतिमा जिल्लाको हस्तक्षेपकारी भूमिका निर्वाह गर्न एमालेका उम्मेदवारहरुले जित्नुपर्ने निश्कर्ष निकालेको छ ।

भेलाले निर्वाचन समबन्धि अन्य कार्ययोजना निर्माण गरी निर्वाचन केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ । निर्वाचन परिचालन कमिटीको बैठकले जिल्लाका दुवै उम्मेदवारहरु सहभागी हुने गरी काठमाडौं बस्ने बागलुङेहरुको बृहत भेला आयोजना गर्ने निर्णय गरेको सचिव कृष्ण खड्काले बताए ।

विस्तारित भेलालाई सम्बोधन गर्दै नेकपा ९एमाले०का केन्द्रिय सदस्य कल्पना थापाले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन आब्हान गरिन् । थापाले सम्पर्क कमिटीको अबको काम निर्वाचन केन्द्रित हुने र राजधानीमा भएका मतदातालाई जिल्लामा पठाउन भूमिका खेल्नुपर्ने बताईन ।

उनले निर्वाचन क्षेत्र नं।१ मा हिरा बहादुर केसी र निर्वाचन क्षेत्र नं। २ मा मञ्जु शर्मा चालिसेलाई विजयी गराउन सवै फिल्डमा नै पुगेर लाग्नुपर्ने बताईन् । अहिलेको निर्वाचन देश बनाउने र जलाउने विचको प्रतिस्पर्धा भएको बताउदै उनले मुलुकको समृद्धि र विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिईन । राष्ट्र, राष्ट्रियता र मुलुकको सार्वभौमिकताको रक्षाका लागि एमालेको विकल्प नरहेको उल्लेख गर्दै पार्टीभित्रका साना मसिना विषयमा नअल्झिन कार्यकर्तालाई निर्देशन दिईन् ।

सो अवसरमा सम्पर्क समन्वय विशेष कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीले बागलुङ जिल्ला बामपन्थीको किल्ला भएको स्मरण गर्दै आसन्न निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा एमालेको जीत सुनिश्चित गर्न काठमाडौंमा रहेका मतदाता र कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने बताए ।

जिल्ला मूल निर्वाचन परिचालन समितिका सदस्य एवं केन्द्रिय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतमले जिल्लाको राजनैतिक परिस्थिति र निर्वाचनको वस्तुगत अवस्थाको जानकारी राख्दै एमालेको उम्मेदवार जीतको नजिक रहेकोले सवै लागेर परिणाममा पुराउनुपर्ने बताए ।

जिल्ला सम्पर्क कमिटीका अध्यक्ष ओम वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी सम्पर्क कमिटीका अध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष पदम गिरी, सम्पर्कका सदस्य अर्जुन सापकोटा, कृष्ण जिसी, धु्रव कार्की, दलविर भण्डारी, दिपक शर्मा, उमेश भण्डारी, कृष्ण खड्का, सुशिल ढुंगाना, उमेश सिर्पाली लगायतले निर्वाचनको तयारी, कार्यकर्ताको भूमिका र परिचालन लगायतका विषयमा बताएका थिए ।