काठमाडौं – नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिए । ‘हामी एउटा अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा परेका छौं । यसको असर हामी कहाँ कति पर्छ भन्नेबारेमा, त्यसको राजनीतिक असर परेको छ की छैन यहाँ त डिबेट छ । त्यसको असर पर्न थालेको छ । प्रभावको तानातानको बीचमा हामी पर्दैछौं,’ भट्टराईले भन्नुभयो ।
ठूला पार्टीहरू अफ्ठ्यारोमा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको उनको भनाइ छ । तर यो सत्य नभएको उनको भनाइ छ । अहिलेको परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको र त्यसको प्रभाव नेपालमा पर्दै गएको उहाँको भनाइ छ।
‘अहिले न्यारेटिभ के बनाइन्छ भने ठूला पार्टीहरु अफ्ठ्यारो परेपछि विदेशी हस्तक्षेप देख्छन्, षड्यन्त्र देख्छन् भनेर जेनेरलाइज गर्न खोजिएको छ । त्यो सत्य होइन । आजको ग्लोवल परिवेशमा जुन ढंगले इन्टरनेशनल डिसअर्डर भत्किँदै गएको छ,’ भट्टराईले भन्नुभयो ‘त्यसको प्रभाव हामीमा पर्दै गएको छ । अझ गम्भीर रुपमा पर्नेवाला छ । यसलाई हामीले हेलचेक्राँई गर्यौँ भने छिटै नै यसको परिणाम देखिन्छ । यिभित्र डिभिजन शुरु भएको छ ।’






प्रतिक्रिया