झापा- नेपाल कम्यूनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले बालेन शाहले सामाजिक सञ्जालको लागि सुचना प्रविधिका क्षेत्रमा गरेको ६करोड रुपैंया लगानी स्रोत जनताले खोज्नु पर्ने बताउनु भएको छ ।
पार्टीको किरात कञ्चन टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थापाले धेरै वटा घरमा बेग्ला बेग्लै आइटीको अफिस राखेर जनशक्ति सामाजिक सञ्जाल उपयोग गरेको लगानीको स्रोत जनता, नेता र कार्यकर्ता सबैले खोज्नु पर्ने बताउनु भएको हो ।गत भदौ२३ गते स्कूलले विधार्थीलाई उक्साएर भीडभाडमा मराउने षडयन्त्रकारी बन्द कोठामा बसेर योजना बनाउने अहिलेको उम्मेद्धवार वालेन शाहको गलत कार्यको कार्यकर्ताले भण्डारफोर गर्नु पर्ने बताउनु भयो ।
अहिले मुलुक संकटमा रहेको वेलामा सबैले देश बचाउन एमाले मात्र नभएर सबै राजनीतिक दल र देश भक्तहरुले आवाज उठाउनु पर्ने नेता थापाले बताउनु भयो । उहाँले देशको अस्तित्व रक्षाका लागि र जनताको भलाइका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्विकल्प रुपमा अघि बढाउनु पर्ने बताउनुभएको छ । थापाले एमाले जनता, र मतदाताको चाहना भन्दा बाहिर नजाने बताउनुभएको छ । उहाँले एमाले जनताबाटै स्थापित भएको पार्टी भएकोले जनताको चाहनामा भन्दा एमालेको चाहना फरक नहुने स्पष्ट पार्नुभयो । पार्टीको किरात कञ्चन टोलका अध्यक्ष होम बहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा आपतमा आतिने र सहजता मातिने भन्दा पनि सबैले केपी शर्मा ओलीलाई जिताउनु पर्ने बताउनु भएको छ । भेलामा सहभागीहरु पूर्व जनप्रतिनिधि भीमराज केसीले समस्या पर्दा मात्र सम्झीने समय प्रवृत्तिको अन्त गर्न सुझाव दिनु भयो ।
सहभागी फडिन्द्र भटराईले विपक्षीलाई कमजोर ठान्न नहुने बताउनु भयो । यसै गरी अर्का सहभागी रामबाबु सापकोटाले मान्छे भन्दा समय बलवान हुने हुदा त्यसलाई पच्छाउनु पर्ने सुझाव दिएको एमाले वडा कमिटी दमक ८का वडा अध्यक्ष खेम श्रेष्ठले बताउनु भयो । कार्यक्रममा आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन समितिको संयोजक धर्म प्रसाद दाहाल दिपेश र एमाले वडा कमिटी इन्चार्ज राम प्रधान र किरात कञ्चन टोलको निर्वाचन परिचालन संयोजक पशुपति राज गौतम लगायतले एमाले नेताहरुलाई प्रत्येक मतदाताहरु सम्म पुग्न आग्रह गर्नु भएको थियो ।






प्रतिक्रिया