काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ।
भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनीहरूको साथबाट चार लाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद र २३ थान मोबाइल सेट पनि बरामद गरिएको छ।
अख्तियारको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।






प्रतिक्रिया