अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म चुनाव जिते पछि हराउने मान्छे होइन: एमाले नेता सूर्य थापा

म चुनाव जिते पछि हराउने मान्छे होइन: एमाले नेता सूर्य थापा


प्यूठान-नेकपा (एमाले)का तर्फबाट प्यूठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले आफू चुनाव जितेर हराउने मान्छे नभएको बताउनुभएको छ। चुनाव जित्नका लागि मात्र नभई जिल्लावासीको प्रतिनिधित्व गर्ने थापाले बताउनुभयो।

३३ महिनाको कार्यकालको अवधिमा जिल्लामा भएका ४१ वटा कार्यक्रममा आफू सहभागी भएको उहाँले सुनाउनुभयो। ‘१ हजार २१ दिन कार्यकाल रह्यो, १०० दिन सहकारी छानविनको अध्ययनमा बिताएँ । संसद बैठकमा सहभागी भए ।’ ,उहाँले भन्नुभयो, ‘१६ महिना गुल्मी र ४ महिना अर्घाखाँचीको जिम्मेवारीमा रहँदा समेत नियमित जिल्ला आउने गरें ।’ १९६ दिन प्यूठानमा सहभागी भएको उहाँको भनाई थियो ।

सरुमारानी गाउँपालिक-३ गाहाचौतारीमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामान्य किसान परिवारमा जन्मिएर जिल्लाको प्रतिनिधत्व संसदमा गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो।

बारबरा फाउण्डेसनका सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको प्रति लक्षित गर्दै उहाँले विदेशी संघ-सस्थाले बोकेर ल्याएको उम्मेदवार भएको बताउनुभयो। विदेशीहरुले नै चलाउने मान्छे आफू नभएको उहाँले जिकिर गर्नुभयो।

विगतमा केही कमिकमजोरी भए मतदाताको सुझाव अनुसार सुधार गर्दै अघि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।