काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रततिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मासँग प्रचण्डको कार्यशैलीलाई लिएर गुनासो पोख्नुभएको छ।
नेता खनालले शर्मालाई फोन गरेर गुनासो पोख्नुभउको हो । जवाफमा शर्माले खनाललाई पहिलै प्रचण्डसँग नजान आफूले सुझाव दिएको स्मरण गराउनुभयो।
अध्यक्ष शर्माले भन्नुभयो, ‘मलाई नेता झलनाथ खनालजीले फोन गर्नुभयो। उहाँले एकलौटी शासन रहे छ यहाँ त के हो ? यो के शासन हो ? मैले त बुझ्न सकिनँ । एउटाले आदेश दिन्छ, अरुले ताली पड्काउँछन्, यहाँ त बर्बाद पो रहेछ त भन्नुभयो । मैले ४३ वर्ष गरेको संगत र अनुभवले तपाई त्यहाँ नजानुस् भनेको हो, किन गएको त भनेर जवाफ दिएँ ।’






प्रतिक्रिया