पोखरा-निर्वाचन नजिकिदै गर्दा तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली एमाले प्रवेश गरेको छ।
एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ शिवराज आचार्यसहित तीन सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कास्कीले जनाएको छ।
उहाँहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले स्वागत गर्नुभयो ।






प्रतिक्रिया