अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठेखोलाबासीले हिराबहादुरलाई भने-तपाईंप्रति भरोसा छ,यसपाली सहानुभुतीको मत पनि पाउनुहुन्छ

काठेखोलाबासीले हिराबहादुरलाई भने-तपाईंप्रति भरोसा छ,यसपाली सहानुभुतीको मत पनि पाउनुहुन्छ

हिरा भन्नुहुन्छ : मलाई राजनीति सिकाउने गाउँको मुहार फेर्न पनि मैले यस पटक जित्नै पर्छ




बागलुङ २०४६ सालको परिवर्तनताका भीमसेन माध्यमिक विद्यालय विहुमा अध्ययन गर्न छिरेका हिरा बहादुर केसीलाई त्यही विद्यालयका शिक्षक र अगुवा विद्यार्थी नेताहरुले राजनीतिमा लाग्न हौसाए, प्रेरणा दिए ।
पढाईमा अब्बल, बोल्नमा प्रष्ट र सामाजिक कार्यमा सक्रिय केसी तत्कालिन अनेरास्ववियू पाँँचौमा आवद्ध हुनुभयो । भीमसेन मावि बिहु, अनेरास्ववियू पाँचौका विद्यार्थी उत्पादन गर्ने स्थलका रुपमा परिचित छ । त्यही विद्यालयबाट विद्यार्थी राजनीतिको आरम्भ गरेका केसी धौलागिरी बहुमुखी क्याम्पसमा पुगेपछि स्वतन्त्र विद्यार्थी यूनियनको सभापति बन्न सफल हुनुभयो ।
विद्यार्थी राजनीति, स्ववियू सभापति, युवा संघको राजनीति हुदै पार्टी राजनीतिमा साढे ३ दशकदेखि निरन्तर क्रियाशिल युवा नेता केसीलाई काठेखोलाका जनजनले चिन्दछन् ।
काठेखोला गाँउपालिकाको केन्द्रका रुपमा रहेको भीमसेन माविमा पढेका केसीको राजनीतिक यात्रा लगायत संघर्षशिल जीवनलाई त्यो बेलाका विद्यार्थी सहित उनीहरुका परिवार लगायत काठेखोलाबासीले नजिकबाट नियाली रहेका छन् ।
त्यतिबेला विद्यार्थी राजनीति शुरु गरेका काठेखोला गाँउपालिकाको केन्द्रका रुपमा रहेको भीमसेन माविमा पढेका केसीको राजनीतिक यात्रा लगायत संघर्षशिल जीवनलाई त्यो बेलाका विद्यार्थी सहित उनीहरुका परिवार लगायत काठेखोलाबासीले नजिकबाट नियाली रहेका छन् ।
त्यतिबेला विद्यार्थी राजनीति शुरु गरेका केसी यतिबेला नेकपा एमालेको तर्फबाट बागलुङ क्षेत्र नं १ का उम्मेदवार बन्नु भएको छ ।
संघीय संरचनापछि काठेखोला गाउँपालिका बन्यो, त्यही गाउँपालिकाका बासिन्दा केसीले आज माघ १९ गते सोमबारदेखि आफ्नै पालिकाका मतदातासंग आर्शिवाद माग्न थाल्नु भएको छ । मतदाताहरुसंग केसीले आफु मत माग्ने भन्दा पनि आर्शिवाद लिन आएको बताउनुभयो । ‘म आर्शिवाद लिन आएको छु, हजुरहरुले मत दिने कुरा छदैछ, छर छिमेक लगायत अन्यत्र भएका आफन्तजनहरुलाई पनि यसपटक हिरालाई मत दिने हो भन्ने सन्देश दिनु होला’ केसीले अनुरोध गर्नु भयो ।
केसीले माघ ११ गते बागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुख ऋषिराम शर्माको घरबाट चुनावी भेटघाट कार्यक्रम शुरु गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका वडा नं. १, ३, ५ र ६ मा मतदाता भेटेका केसीले नगरपालिकाको अभियान पुनः सञ्चालन गर्ने गरी आज माघ १९ गतेदेखि आफ्नो पालिकामा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटि काठेखोलाका संयोजक अमर बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घर आँगनमा पुगेका केसीसँग मतदाताले भनेका छन् तपाईंप्रति हाम्रो विश्वास छ । यसपाली सहानुभुतीको मत पनि पाउनु हुन्छ । चुनाव जित्नु हुन्छ ।
काठेखोला वडा नं. ३ धम्जा निवासी केसीले आज काठेखोला वडा नं. १ पालाबाट आफ्नो पालिकाका मतदातासंग भेटघाट गरेर आर्शिवाद लिनुका साथै चुनावमा मतदानका लागि साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।
यही माटोले हुर्कायो, बढायो, पढायो, राजनीतिमा क्रियाशिल बनायो, सामाजिक कार्यमा लाग्न प्रेरणा दियो, यही माटोले अब मुलुकको कानुन बनाउने ठाउँमा पु¥याउने छ भन्नेमा विश्वस्त छु, एमाले उम्मेदवार केसीले भन्नुभयो,–‘२ पटकको चुनाव हारेको छु, यसपटक बागलुङ क्षेत्र नं. १ का जनताले न्याय गर्नु हुन्छ भन्नेमा ढुक्क छु ।’


मतदाताहरुले उत्साहका साथ शुभकामना दिएको टोलीमा सहभागी एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
पालामा विभिन्न ठाउँमा पुगेर मतदाताहरुसंग संवाद गरेपछि उम्मेदवार केसी उत्साहित देखिनु भएको छ । एमाले जिल्ला सदस्य प्रेम बहादुर केसीले भन्नुभयो,–‘मतदाताहरुले लामो समय राजनीति गरेर पनि जिम्मेवारी नपाएको, पटक पटक निर्वाचनमा पराजित भएकाले पनि यस पटक साथ दिने बताउनु भएको छ ।’
पालामा निर्वाचन परिचालनका लागि एमालेले पूर्व जिल्ला कमिटी सदस्य गोविन्द बहादुर खड्काको संयोजकत्वमा वडा कमिटिका अध्यक्ष विष्णु खड्का सदस्य सचिव रहेको कमिटि गठन गरेको छ ।
काठेखोलामा एमालेको तर्फबाट चुनावी कमाण्डर बनेका अमर बहादुर थापाको संयोजकत्वमा काठेखोला वडा नं. १ पालाबाट शुरु भएको अभियान पालिकाका सबै वडामा निरन्तर सञ्चालन हुदैछ ।

उम्मेद्वार केसी आफ्नो जन्मथलोको मुहार फेर्न पनि यस पटक आफूले निर्वाचन जित्नै पर्ने बताउनुहुन्छ ।