अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश जलाउनेलाई होइन बनाउनेलाई मत दिनुपर्छ : अध्यक्ष ओलीका चुनावी कमाण्डर दाहाल

देश जलाउनेलाई होइन बनाउनेलाई मत दिनुपर्छ : अध्यक्ष ओलीका चुनावी कमाण्डर दाहाल


गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले यो निर्वाचन मुलुक रहने कि नरहने बीचको भएकाले सबैले देश बचाउन लाग्नु पर्ने बताउनु भएको छ ।
झापाको गौरीगञ्जमा आज पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय निर्वाचन प्रचार प्रसार समितिको घोषणा सभालाई सम्बोधन गर्दै उक्त धारण राख्नु भएको हो । फागुन २१ गते हुने निर्वाचनमा तपाईले गरेको मतदानले मुलुक रहने कि नरहने निर्णय समेत गर्दैछ । त्यसैले सबैले मतदान गर्दा देश ध्वस्त पार्ने कि निर्माण गर्नेको पक्षमा गर्ने हो सोचेर एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । बिगतका बर्षहरुमा जस्तो यो वा त्यो पार्टी हार्ने वा जित्ने निर्वाचन मात्र नभएको बताउनुभयो । यो देशले जित्ने कि हार्ने भन्ने निर्वाचन भएको दाहालले बताउनुभयो ।
जब जब नेपामा ठुलो संकट आइलाग्छ, यो समयमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहदै आएको छ । त्यो २०६२÷६३ को आन्दोलनमा होस् या भारतले लगाएको नाकाबन्दीको अवस्थमा होस् अथवा सबिधानसभाको निर्वाचन देखि सबिधान जारी गर्दाको अवस्था होस् एमालेको भूमिका निर्णायक रहेको इतिहास छ ।
केन्द्रीय सदस्य दाहालले अगाडी भन्नुभयो, अहिले मुख्य चुनौती भनेको साइबर वार मार्फत जनतामा फैलाएको नकारात्मक भ्रम चिर्नु हो । यस्ता भ्रम चिरेर जनतालाई सत्यतथ्य कुरा पुर्याउन आवश्यक छ । यो काम हामीले हाम्रा पार्टी संगठन जनसंगठन मार्फत घरघरमा पुर्याउन सक्नुपर्छ ।
नेपालमा बन्दुकबाट गरिएको युद्ध असफल भइसकेकोछ त्यसैले अव ब्यालेट मार्फत देश बचाउनुु पर्ने मोडमा पुगेको छ । मुलुकमा सिंहदरवार, सर्बोच्च अदालत, सम्पदादेखि पालिका भवन, ब्यक्तीका घर सम्पति समेत जलाएर ध्वस्ता पार्ने मानिस अहिले साइवर मार्फत भ्रम छरेर जनता अलमल्याउन ढाँट्दै आउदैछन् । यस्ता मानिसको भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको छ ।
जेएनजी आन्दोलनमा उठाइएका जम्मा ३ वटा माग थिए । देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुलाउनु पर्ने माग थिए । यसबीचमा अहिले रास्वपाबाट चुनाव लड्न आएका उम्मेद्वारले खटाएका मानिसको घुसपैठमा निषेधित क्षेत्र तोड्न उक्साएको प्रमाण अहिले धमाधम बाहिर आइरहेका छन् । त्यसैले यस्ता भ्रामक कुराको पछि नलाग्न मतदातालाई आह्रान गर्नुभएको छ ।
सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले जे एनजी आन्दोलनपछि जनतालाई मोवाइल एप मार्फत जनता झुक्याउन केही परदेशी उम्मेद्वार आइरहेकाले मतदाता सचेत हुनु पर्ने बताउनु भयो । खासगरी झापामा ५ मा काठमाण्डौ महानगरपालिका चलाउन नसकेर बीचमा छोडेर यहाँ चुनाव लड्न आएका छन् ।
यहाँ उनको कुनै साइनो छैन । भोली कहाँ हराउने हुन् टुङ्गो छैन । त्यसैले मुुलुक बनाउने की ध्वस्त पार्ने लाई रोज्ने तपाईहरुको हातमा आएको छ उहाँले बताउनुभयो । कार्यक्रम पार्टीको गाउँ कमिटी अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षमा भएको थियो भने सचिव कृष्ण महत्तोले सञ्चालन गर्नुभएको थियो , कार्यक्रममा उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

एमालेको ५०७ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति
नेकपा एमालेले आज गौरीगञ्जमा ५०७ सदस्ययीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।
समितिको संयोजक सर्वतलाल राजवंशी रहनु भएको छ भने ह्रृदय ठाकुर, श्याम ढकाल र मनिका राई सहसंयोजक रहनु भएको छ । यसरी नै सचिवमा कृष्ण महतो र सहसचिवमा अशोक ताजपुरिया रहेका छन् ।
भेलाले मनोज दाशको सयोजकत्वमा २१ सदस्यीय नेशनल भोलेन्टियर्स युथ फोर्स समेत गठन गरिएको छ । निश्चल राई,चक्र भुजेल र दुर्गा राजवंशी सहसंयोजक रहेका छन् । यसरी नै फोर्सको सचिव परमेश्वर ताजपुरिया रहनु भएको छ ।