अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनका सल्लाहकारसँग नरेन्द्र मोदीका दूतको गोप्य भेट

बालेनका सल्लाहकारसँग नरेन्द्र मोदीका दूतको गोप्य भेट


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैचारिक मेरुदण्ड मानिने कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का दूत काठमाडौंमा सक्रिय देखिएका छन्।

आरएसएसका प्रतिनिधि तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले काठमाडौं महानगरका पूर्वमेयर बालेन साहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसँग गोप्य भेट गरेका छन्।

पाटनस्थित एक रेस्टुरेन्टमा भएको उक्त भेटमा सुरुमा बालेन साह स्वयं उपस्थित हुने तयारी थियो। तर, सूचना बाहिरिएपछि बालेनले आफ्ना विश्वासपात्र कमारलाई अगाडि सारेका हुन्।

यसो त बालेन साह र आरएसएस निकट व्यक्तिहरूबीच सम्बन्ध नयाँ नभएको दाबी पनि गरिन थालेको छ । चुनावी प्रचारका नाममा पूर्वदेखि पश्चिमसम्म मठ–मन्दिर धाउने, हिन्दुवादी भावनालाई राजनीतिक पूँजी बनाउने बालेनको शैली नरेन्द्र मोदी र आरएसएससँग ठ्याकै मेल खान्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि भारतीयको चलखेल झन बढेको छ ।

राष्ट्रवादी छवि बोकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा बालेन चुनाव लड्न जानुलाई संयोग मात्र मान्न नसकिने स्रोतको दाबी छ ।