अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले एकल बहुमत ल्याएर फागुन २१ पछि सरकार बनाउँछ: सचिव ढकाल

एमालेले एकल बहुमत ल्याएर फागुन २१ पछि सरकार बनाउँछ: सचिव ढकाल


विराटनगर–नेकपा (एमाले)का सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले आगामी फागुन २१ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभएको छ।

प्रेस चौतारी मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ढकालले एमालेको लोकप्रियता र सांगठनिक मजबुत कारण एकल बहुमतको सरकार बन्ने आधार तयार भएको बताउनुभयो।

सचिव ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजय यात्रा नरोकिने उल्लेख गर्नुभयो। साथै, बालेन साहलाई झापा–५ बाट उठाएर उनको राजनीतिक यात्रा समाप्त पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै भूमिका खेलेको हुनसक्ने सचिव ढकालले बताउनुभयो।

‘बालेनजीलाई झापा लगेर केपी ओलीसँग लडाउनु कतै उनकै दल वा घेराभित्रको षड्यन्त्र त होइन ? उनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले त्यहाँ पठाएको देखिन्छ’ ढकालले भने, ‘केपी ओलीसँग लडाउनु भनेको उनलाई राजनीतिक रूपमा समाप्त पार्नु हो ।’

बालेनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले रास्वपाले त्यहाँ पठाएको देखिएको ढकालले बताउनुभयाे ।