अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास समस्या समाधान गर्ने पार्टी एमाले हो: एमाले नेता सुर्य थापा

भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास समस्या समाधान गर्ने पार्टी एमाले हो: एमाले नेता सुर्य थापा


प्यूठान-भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले भएको नेता सुर्य थापाले बताउनुभएको छ। चुनावी भेटघाटका क्रममा सरुमारानी गाउँपालिका-१ फर्सावाङ्गमा भएको कार्यक्रममा बोल्दै उहाँले भूमिहीन जनातालाई बासको ब्यबस्था गर्ने नीति एमालेले अघि सारेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका एमाले केन्द्रिय सदस्य थापाले २०५१ सालमा भुमीहिन जनताहरुलाई बासको व्यवस्था गरेर वर्गीय नाता दर्शाएको उल्लेख गर्नुभयो। बाङ्गेशाल लगायत जिल्लामा देखिएका घरबास बिहिनहरुको समस्या समाधानका लागि ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले दरभान(झिलीबाङ सडक कालोपत्रे गर्न ठेक्का निकालिएको, २ किमी सडक र एउटा पुल निर्माण गरिने तथा झिलीबाङ(लामाताल पक्की पुल अलपतत्र अवस्थाबाट निर्माण पूरा गर्ने गरी काम अघि बढेको जानकारी समेत गराउनु भयो।

बाङ्गेशाल क्षेत्रको अधुरो सिंचाई योजनालाई पूरा गरि यहाँको जमिन हराभरा बनाउने उहाँले योजना सुनाउनुभयो ।