काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त नभएको बताउनुभएको छ।
प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यस्तो बताउनुभएको हो।
‘विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरियो भने त्यसैबाट सरकार बनाउन सकिन्छ। संविधान संशोधनको कुरा अघि बढाउन सकिन्छ र चुनाव पनि गराउन सकिन्छ’, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘संसद् पुनर्स्थापना भयो भने सबै चिज सोझिन्छ ।’
उपाध्यक्ष गुरुङले पुनर्स्थापनाको भ्यालिडीटी कायमै रहेको भन्दै जुनबेलासम्म चुनावको औपचारिक प्रचार प्रसार सुरु हुँदैन त्यो बेलासम्म सम्भावना कायमै रहने बताउनुभयाे।
उपाध्यक्ष गुरुङले प्रतिनिधि सभा पुनर्स्थापना नभएको खण्डमा एमाले चुनावबाट नभाग्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी रवि लामिछानेको मुद्दा फिर्ता लिने काममा सरकारले षडयन्त्र गरेको बताउनुभयो ।
‘सरकार नियोजित रूपमा आफूले चाहेकोजस्तो, जसले यो परिस्थिति निर्माण गरेको छ त्यसको सर्त अनुकूलका पार्टीलाई र व्यक्तिलाई चुनाव जिताउने हर्कत गरिरहेकाले हामीले धाँधली सुरु भयो भनेको हो’, उपाध्यक्ष गुरुङले भन्नभयो।
उपाध्यक्ष गुरुङले नेकपाले गत भदौ २३ र २४ को घटनाका बारेमा हेर्ने दृष्टिकोण नेकपा र एमालेबिचमा भिन्नता रहेको बताउनुभयो ।






प्रतिक्रिया