काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गर्नुभएको छ।
प्रेस चौतारी नेपालले माघ २० गते मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सो दाबी गर्नुभएको हो।
उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गर्नुभयो। उहाँले बालेनले त्यहाँको सुकुम्वासीहरूलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरूलाई अपिल गर्नुभयो।

बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो । उहाँले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताउनु भयो। उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताउनु भयो।
उपाध्यक्ष गुरुङले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताउनुभयाे।
उपाध्यक्ष गुरुङले भन्नुभयाे, ‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन ? काठमाडौंको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन ? अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो। म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस्। विगत हेर्नुस्। हिजोका कुरा हुेर्नस्, अस्तीका कुरा हेर्नुस्। र आज के हुँदैछ, भोलि के कुरा भन्दैछरु यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु।’
उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरूलाई चाहेको पनि बताउनुभयाे।
उपाध्यक्ष गुरुङले भन्नुभयाे, ‘झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ किरु भन्ने प्रयत्न गर्न खोजिएको हो। शुरुका दिनमा त जित्यो बालेनले भनिएको हो। २१ गते पुगोस् न। जित्ने त केपी ओलीले नै हो। अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ।’






प्रतिक्रिया