अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनताको विश्वासको घर होः उपाध्यक्ष पौडेल

एमाले जनताको विश्वासको घर होः उपाध्यक्ष पौडेल


बुटवल-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले किनारा लगाउन नसक्ने दाबी गर्नुभएको छ। एमाले नेपाली जनतामा विश्वासको घरमा रहेको बताउँदै उपाध्यक्ष पौडेलले कुनै पनि पार्टीले जुनसुकै प्रयत्न गरे पनि सम्भव नभएको पौडेलको भनाइ छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मंगलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयाे, ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ। जनताको बीचमा विश्वास घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन नसोचे हुन्छ।’ उहाँले देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने काम जनताको काँधमा रहेकाे बताउनुभयाे।

आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो। रुपन्देही देशको विकसित ठाउँको रुपमा विकास भएको बताउँदै पौडेलले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने उहाँको भनाइ छ। बुटवलका जनताले आर्शिवादले आफू पटक–पटक निर्वाचित भएको बताउँदै पौडेलले यो पटक पनि नागरिकको सदभाव र मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।
कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविश्य निर्माण गर्न र यस क्षेत्रको थप विकासको लागि उपाध्यक्ष विष्णु पौडेललाई जिताउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । जगदीशचन्द्र आचार्यको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले कार्यकताको उल्लेख्नीय सहभागिता रहेको थियो ।

एमाले उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले मंगलबारै बुटवल–१२ तथा तिलोत्तमा वडा नम्बर १ र २ को निर्वाचन परिचालन कमिटीको कार्यालय पनि उदघाटन गरेका छन् ।