अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले जारी गर्‍यो समानुपातिक बन्दसूचीको अन्तिम नामावली (सूचिसहित)

निर्वाचन आयोगले जारी गर्‍यो समानुपातिक बन्दसूचीको अन्तिम नामावली (सूचिसहित)


काठमाडौँ-निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ। 

मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो। ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम  बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयाे । 

प्रकाशित बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष छन्।

संवैधानिक व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनु पर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरेको थियो। यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो । 

मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। यस प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन्। दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ।

निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये कम्तसमा ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा क्लस्टर मिलाउनुपर्ने अनिवार्य व्यवस्था छ। आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् तर बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले अब नाम फिर्ता लिन पाउने छैनन्।