अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बचाउन युवाले भ्रमको राजनीति चिर्नुपर्छः एमाले नेता गोविन्द थापा

देश बचाउन युवाले भ्रमको राजनीति चिर्नुपर्छः एमाले नेता गोविन्द थापा


दमक-नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द थापाले अब देश बचाउने हो भने युवा शक्ती एक भएर भ्रमको राजनीति चिर्न आवश्यक रहेको बताउनुभयो।

झापाको दमकमा आज नेशनल भोलेन्टिर्यस फोर्सको प्रथम दमक नगर कमिटी गठनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले उक्त धारणा राख्नुभएको हो। मोवाइलको एउटा एपको सहयोगमा देशैभरी युवा पुस्तामा भ्रम छर्दै राजनीति गर्न आएका मानिसको असली रुप बाहिर आइसकेको छ।

अहिले काठमाण्डौबाट झापाका ५ नम्बर निर्वाचन क्षेत्रमा चुनाव लड्न आएका बालेन शाह युवा पुस्तामा भ्रम डाँट छलको राजनीति गर्दै आएका छन् । अब युवाहरुले यिनलाई निरन्तर प्रश्न गर्न गर्ने वेला आएको छ ।

केन्द्रिय सदस्य थापाले अब युवाहरुले निरन्तर वालेनलाई प्रश्न गर्नुहोस्। मिडिया सार्वजनिक प्रश्नबाट भागेर जेएनजी पुस्ताका युवालाई भ्रम छरेर राजनीतिक नगर्न सुझाउनु भएको छ्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशमा ठुला ठुला सकट सहज रुपमा निकास दिन सक्ने नेतृत्व हो। नेपालमा अघोषित नाकाबन्दी गरेको वेला सतिसाल जस्तै चट्टानी अडान राखेर नेपालीको शिर ठाडो बनाउनुभयो।

भूकम्पले ध्वस्त बनाएकार भौतिक सरचना पुननिर्माण देखि नेपालको सविधान निर्माण गरि जारी गर्दा होस् की भारतले नेपालको मिचिएको भूमी लिपुलेक कालापानी समेटेर चुच्चे नक्सा जारी गर्दा समेतका भूमिका महत्वपुर्ण रहेको बताउनुभयो।

कार्यक्रममा केन्द्रिय सदस्य रोमनाथ ओलीले युवा पुस्ताले अव राजनीति बुझ्न आवश्यक रहेको बताउनुभयो। प्रबिधि र शिक्षालाई अव राजनीतिको ज्ञान लिएर समाजमा चेतना भर्न आवश्यक छ।