अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना


काठमाडौँ-हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा  प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।