अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटनामा युवकको मृत्यु, तीन जना घाइते

सवारी दुर्घटनामा युवकको मृत्यु, तीन जना घाइते


सर्लाही-पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।

काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ ।