अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापान भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

जापान भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश प्रस्थान


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर त्यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएकाे छ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुग्नुभएकाे थियाे ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापान सरकारले टोकियोमा अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहलाई सम्बोधन गर्नुभएकाे थियाे। त्यस्तै टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभयाे। उहाँसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुभयाे। 

 भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरूको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गर्नुभयाे। जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभएकाे थियाे।

नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।