काठमाडौं-नेकपा एमालेले काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन समिति गठन गरेको हो।
नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले काठमाडौं उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको दाबी गर्नुभयो।
उपत्यकाका १५ सिटमध्ये कम्तिमा १० सिट एमालेले जित्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति रहने बताउनुभयो।
१५ वटै क्षेत्रका लागि संयोजक र सहसंयोजक तोकेको छ।
को कहाँ ?
भक्तपुर १ मा
संयोजक- बचन देउजा
सहसंयोजक- विष्णु तामाङ
भक्तपुर २ मा
संयोजक- बचन देउजा
सहसंयोजक- किरण थापा
ललितपुर १ – सुशीला नेपाल
ललितपुर २ – हरिकृष्ण व्यञ्जनकार
ललितपुर ३ – डा. टिका ढकाल
काठमाडौं १- गणेश दुलाल
काठमाडौ २- महेन्द्रलाल श्रेष्ठ
काठमाडौ ३- कमल रेग्मी
काठमाडौ ४- उद्धव खरेल
काठमाडौ ५- दीपक निरौला
काठमाडौ ६- तिलक सुनुवार
काठमाडौ ७- प्रेमलाल श्रेष्ठ
काठमाडौ ८- विभाेलाल श्रेष्ठ
काठमाडौ ९- ओम थपलिया
काठमाडौ १०- बिन्दु महर्जन






प्रतिक्रिया