दमक-नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले काठमाडौंमा डोजर चलाएर खेदाउने बालेन शाहाबाट सुकुम्वासी समस्या समाधान नहुने बताउनुभएको छ।
झापाको दमकमा अखिल नेपाल महिलासंघ दमक नगर समितिले आयोजना गरेको नगर स्तरिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता दाहालले उक्त धारणा राख्नु भएको हो।
झापाको ५ अन्र्तगतको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तिमा पुगेर समस्या चाँडै समाधान गर्ने भनि दिएको अभिब्यक्तीलाई प्रस्ट पार्ने क्रममा दाहालले यस्तो धारणा राख्नु भएको हो। नेकपा एमालेको नेतृत्वमा सरकार भएको अवस्थामा देशैभरी सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या गर्न सुकुम्वासी आयोग नै बनाएर धेरैलाई धनिपुर्जा बितरण गरेको जानकारी दिनुभयो ।
निर्वाचनको सम्मुखमा एक जना उम्मेद्वारले निर्वाचन आचारसंहिता बिपरित जनतालाई झुट्टा आश्वासन दिनु गलत हो उहाँले भन्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झापामा सञ्चालित ठुला ठुला योजनाको बजेट काटौति गरेको अहिलेको सरकार जनतालाई मुर्ख बनाउने काम गरिरहेको छ।
झापामा सञ्चालन भइरहेका नेपालको गौरवका योजना मध्ये चिन नेपाल मैत्री औद्योगिक पार्क, दमक ब्यवसायिक भवन सञ्चालन र यही आसपास क्षेत्रको १०० बिगाहामा गरिने टाउन प्लानिङको बजेट समेत काटौति गरिएको छ। दमकमा नै निर्माण सम्पन्न भएको दमक सभाहल, दमक रबि चिसापानी सडक निर्माण, मदनभण्डारी रंगशाला निर्माण लगायतका योजनाको सम्पुर्ण बजेट अहिलेको सकारले काटौति गरेको छ । फेरी झापाली जनलाई नै झुक्याएर पुन गलत आश्वासन बाँडिरहेको समेत दावी ।
उहाँले अहिले यस्तै हाम्रो हातहातमा भएको मोवाइलमा एआईको प्रयोग गरि खासगरि महिलाहरुलाई आफ्ना कलिला बालवालिका प्रयोग गरेर गलत धारण निर्माण गरिदै छ । यस साईवार वारबाट बच्न सबै आमा दिदी बहिनीहरुलाई अनुरोध समेत गर्नुभएको छ । निर्वाचनमा कुन पार्टी हार्ने जित्ने कुरा मात्र रहेन अव साईवर आक्रमण गरि राष्ट्र राष्ट्रियता नै नबच्ने खतरा रहेकाले बिगतका निर्वाचन जस्तो सहज नभएको दावी गर्नुभयो ।
खासगरि यो सरकारलाई अहिलेको संबिधान चिन्दैन । कानुनले नचिन्ने यो सरकारसँग न सांसद छ न प्रतिनिधि सभा नै त्यसैले यो समान्य अवस्थाबाट मुलुक चलेको छैन । निर्वाचनमा जनताले धेरै बुद्धीमता पूर्वक मतदान गर्ने अवस्था आएको छ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य गीता अधिकारीले देश कुनै योजना कानुन बिना जर्वजस्ति रुपमा चलिरहेको बताउनुभयो । नीति निर्माण हेर्दा समेत झापाका धेरै योजनाको बजेट कटौती गरिएको छ । सबै दिदी बहिनीले आफ्ना बालवालिकालाई अहिलेको साईवर वारबाट जोगाउन समेत आग्रह गर्नु भयो।
दमकमा आयोजना भएको उत्त कार्यक्रममा अनेमसंघकी झापा जिल्ला अध्यक्ष लिला ढुङ्गेल दाहालले झापा ५ का उम्मेद्धार बालेन शाहलाई तपाईलाई काठमाण्डौ माहानगरपालिकाले ५ बर्षको कार्यकाल पुरा नगरि किन झापा आउनुभयो ? माहानगरमा हजारौ सुकुम्बासी किन उठाउनुभयो ? सडकमा ब्यपार गरेर बस्ने सयौँ गरिवको किन उठिवास लगाउनु भयो ? अव झापालि जनता यस्तै सयौँ प्रश्नको जवाफ मागिरहेको बताउनुभयो । झापाली जनताका प्रश्नबाट तपाई किन भाग्नुभएको हो ? अव बालेन शाहले झापाली जनताले प्रश्न गरिरहने बताउनुभयो ।
कार्यक्रम अनेमसंघ दमक नगरकी अध्यक्ष मुना सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रम अनेमसंघकी ५ नम्बर वडाकी वडा समिति अध्यक्ष गम्भिरा दाहालले सञ्चालन गर्नुभएको थियो ।






प्रतिक्रिया