अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डस्टबिनबाट सुन निकाल्दा निकाल्दै विमानस्थलका सफाई कर्मचारी पक्राउ

डस्टबिनबाट सुन निकाल्दा निकाल्दै विमानस्थलका सफाई कर्मचारी पक्राउ


काठमाडौं-त्रिभुवन विमानस्थलका एकजना सरसफाई कर्मचारी पक्राउ परेका छन् ।

डस्टबिनबाट सुन निकाल्दै गर्दा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ ।

डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनले सुन फोहोरबाट निकालेर पास गर्ने गरेको प्रहरीको आशंका छ ।