अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९ निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)

९ निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)


काठमाडौँ-सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। 

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।

कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि, अग्रिम-लङभिजन-धनलक्ष्मी जे.भी. लगायत रहेका छन् ।  

कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।