अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक


काठमाडौं-प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो ।