अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा दज्र्यानी चिन्ह प्रदान

प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा दज्र्यानी चिन्ह प्रदान


दमक-इलाका प्रहरी कार्यालय दमकले अनिवार्य अवकाश प्राप्त प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा एक प्रहरी वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरी कार्यालय दमकले आज ३० वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाश प्राप्त प्रहरी नायव निरिक्षक (सई)सुवेदी र प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएको प्रहरी वरिष्ठ हवल्दार संगिता देवी निरौला श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

अनिवार्य अवकाश प्राप्त गर्नु भएको प्रहरी नायव निरिक्षक सुवेदीलाई विदाई कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमुख,प्रहरी नायव निरिक्षक किशोर लम्सालले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । प्रशंसा पत्र प्रदान गरेपछि बोल्दै कार्यालय प्रमुख लम्सालले सुवेदीको योगदानको प्रहरी संगठनले कदर गर्ने बताउनु भयो ।

अवकाश पछिका दिनमा यहाँले नेपाल प्रहरी संगठनलाई सधै सहयोग गर्नु हुन्छ भन्ने कुराको विश्वास रहेको प्रमुख लम्सालले बताउनु भयो । यसै गरी दज्र्यानी चिन्ह प्राप्त गर्नु हुने प्रहरी वरिष्ठ हवल्दार संगिताको थप जिम्मेवारी बढेको हुदा इमान्दार पूर्वक काम गरी उदाहरणीय पात्र बन्न प्रमुख लम्सालले निर्देशन दिनु भयो ।


आजवाट विदाई भइ जानु भएको प्रहरी नायव निरिक्षक सुवेदीले आफनो ३० वर्षे सेवा अवधिमा बटुलेको अनुभव सुनाउदै संगठनमा रहदा धेरै कठिन परिस्थितिका बावजुत दुःख सुखमय परिथिति, वाधा बेवधान झेल्दै संगठनका अग्रजहरुको योगदान,सिनियर अफिसरहरुको साथ सहयोग,मार्गदर्शन,उहाँहरुको कुशल नेतृत्वका कारण मैले यति लामो समय सम्म प्रहरी संगठनमा रहेर संगठनको शिर उच्च राख्न सकेको बताउनु भयो ।


यस अवधिमा कुनै पटक पनि कारवार्हीमा नपरेको सुवेदीले अनुभव सुनाउनु भयो । सुवेदीलाई इलाका प्रहरी कार्यालयका सबै प्रहरी परिवारले सहसम्मान विदाई गर्दै प्रहरी भेनमा घर पठाएको प्रहरी कार्यालय दमकले जनाएको छ ।