अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, गुच्चा खेलेजस्तो होइन: अध्यक्ष केपी ओली

देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, गुच्चा खेलेजस्तो होइन: अध्यक्ष केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ। माघ २१ गते बुधबार बेलुका झापावासीसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।

देश चलाउने विषय कुनै खेल वा ठट्टा नभएको अध्यक्ष ओलीले उल्लेख गर्नुभयो । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने अध्यक्ष ओलीको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लक्षित उहाँले एउटा पनि आमनिर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गर्नुभयो।

‘एउटा आमनिर्वाचन लडेको अनुभव छैन। प्रधानमन्त्री हुन्छु भन्दै जनतालाई भ्रमको खेती गर्दै प्रचार गरेको छ, होहल्ला मच्चाएको छ। हो कि क्या हो भनेको जस्तो पारेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरे देकोखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन।’

अमेरिकासहितका देशमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेका उहाँले बताउनुभयो । ‘केही नजानेका, गुलेली, मट्यांग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे,” अध्यक्ष ओलीले भन्नुभयो, ‘अमेरिकामा के भनिन्छ, ८० वर्षका खली खाएका अनुभवी त्यहाँ नेता छन् । त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो ।’