जनकपुरधाम-रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट अन्दाजी ६ वर्षीय एक बालकको मृत्यु भएको छ।
बालकलाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। ठक्कर दिने गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको हो। दुर्घटनापछि गाडी प्रहरीको नियन्त्रणमा लिइएको भए पनि गाडीमा सवार व्यक्ति र चालकको खोजी भइरहेको जनाइएको छ।






प्रतिक्रिया