काठमाडौं-नेकपा एमालेले ओखलढुंगा संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिएको छ। प्रतिनिधिसभाको निर्वाचनको मुखमा जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिएको हो।
राई संविधानसभा सदस्य समेत हुन्।
जिल्ला कमिटी अध्यक्ष जीवी खड्कासहितका नेता–कार्यकर्ता पार्टी छाडेर नेकपा प्रवेश गरेपछि यहाँ नेतृत्व रिक्त भएको थियो । पार्टीको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरुङसहितका एमालेका केही नेताले पार्टी छाडेका थिए ।






प्रतिक्रिया