कैलाली-नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्र र राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक रहेको बताउनुभएकाे छ।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा उपमहासचिव भट्टले यस्तो बताउनुभएकाे हाे।
उपमहासचिव भट्टले आसन्न निर्वाचनमा एमालेलाई जिताउन आह्वान गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ। आसन्न निर्वाचनमा एमालेलाई जिताऔँ ।’
उपमहासचिव भट्टले राजनीतिक दर्शनविना संस्कृतिलाई सधैँका लागि ध्वंस गर्ने शक्तिहरू भए पनि त्यसबाट देश निर्माण सम्भव नहुने बताउनुभयाे ।
कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका भट्टले ‘गुगल हेरेर बोल्ने’ भन्दा भूगोल र जनताको मनोविज्ञान बुझ्ने नेता आवश्यक रहेको उल्लेख गर्नुभयाे। आफूले रेखाङ्कन गरेका विकास आयोजना पूरा गर्न पुनः उम्मेदवार बनेको उहाँले बताउनुभयाे।







प्रतिक्रिया