काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ। प्रतिनिधिसभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका अध्यक्ष ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लाग्नुभएको हाे ।
झापा ओलीको गृह जिल्ला पनि हो। अध्यक्ष ओली निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ।
झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ।






प्रतिक्रिया