अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा [तस्बीरहरू]

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा [तस्बीरहरू]


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ। अध्यक्ष ओली गृह जिल्ला झापामा केहीबेरअघि यति एयरलाइन्सको विमानमार्फत भद्रपुरमा पुग्नुभएको हाे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारको लागि अध्यक्ष ओली झापा जानुभएको हाे।

अध्यक्ष ओलीको आगमनलाई लिएर एमाले झापाले विशेष तयारी गरेको थियो। विमानस्थलमा पार्टीका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए। अध्यक्ष निकट स्रोतका अनुसार ओली माघ ३० गतेसम्म झापामा रहने कार्यक्रम रहेको छ।

झापामा रहुन्जेल अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ केन्द्रित विभिन्न निर्वाचन गतिविधिमा सहभागी हुनेछन्। यस क्रममा अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता र स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ। भेटघाटमा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।