बुटवल-प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित भएका छन्।
रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपाले पार्टीबाट कारबाही गरेको हो ।
पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै काराखेतीलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन्।
काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताउनुभयाे ।







प्रतिक्रिया