अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो निर्वाचन मुलुक निर्माण र ध्वंस गर्ने शक्ति बीचको लडाइँ हो: एमाले सचिव कँडेल

यो निर्वाचन मुलुक निर्माण र ध्वंस गर्ने शक्ति बीचको लडाइँ हो: एमाले सचिव कँडेल


दैलेख-नेकपा एमालेका सचिव यामलाल कँडेलले देशैभरि नेकपा एमालेका लागि अनुकूल राजनीतिक वातावरण बनेको दाबी गर्नुभएको छ।

आज नेकपा एमाले दैलेख प्रतिनिधि सभा क्षेत्र नं. २ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव कँडेलले विगतको निर्वाचनमा सबै शक्ति एकातिर र नेकपा एमाले अर्कोतिर रहे पनि यस पटक राजनीतिक दलहरू आ-आफ्नै बाटोमा भएकाले एमालेका लागि परिस्थिति सहज बनेको बताउनुभयो।

सचिव कँडेलले वर्तमान राजनीतिक प्रतिस्पर्धामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यो निर्वाचन निर्माण गर्ने र विध्वंस गर्ने बीचको चुनाव हो। यदि यस पटक नेकपा एमालेले जित्न सकेन भने देशको संविधान, लोकतन्त्र र स्थायित्व जोखिममा पर्न सक्छ।’


समाजमा पुस्तागत अन्तर भए पनि आपसी सम्मान र सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो। “हाम्रो घर–परिवारमै विभिन्न पुस्ता छन्, सबैले एक–अर्काको सम्मान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “नयाँ भनिनेहरुको गतिविधिले समाज कतातिर जाँदैछ भन्ने प्रश्न उठाएको छ।” साथै उहाँले टिकट वितरणमा पार्टीले निर्णय गरेपछि अनावश्यक टिप्पणी नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सचिव कँडेलले भन्नुभयो, “पार्टीलाई फुटाएर मात्रै अरू दलले जित्न सक्छन्, त्यसैले एकताबद्ध भएर अगाडि बढ्नु पर्छ, मतदातालाई उत्साहित बनाउँदै प्रत्येक जनताको घरदैलोमा एमालेको सन्देश पुर्‍याउन जरुरी छ ।” सहकारी ठगी गर्ने, सिंहदरबार र देश जलाउनेहरूले देश निर्माण गर्न सक्दैनन्, उनीहरूले खरानी मात्रै बनाउने उहाँको दाबी थियो ।

सचिव कँडेलले कार्यकर्ता भेलामा आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र सकारात्मक सन्देश प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।