काठमाडौं-वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयाे।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
परिवारका अन्य सदस्य भारतको मुम्बई बस्ने भए पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएकाे थियाे।
थापाको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।






प्रतिक्रिया