अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उम्मेदवार लालबहादुर थापालाई मातृशोक

एमाले उम्मेदवार लालबहादुर थापालाई मातृशोक


बाजुरा-बाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता लालबहादुर थापालाई मातृशोक परेको छ।

एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो ।

बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ।

आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा परेका छन्। जिल्लामा निर्वाचनको माहोल चलिरहेका बेला संवेदनशील समयमा आएको पारिवारिक पीडाले थापा मात्र नभई थापा समर्थक तथा कार्यकर्ताहरु समेत स्तब्ध भएका हुन् ।

थापालाई यस दुःखद घडीमा जिल्लाबासी तथा शुभेच्छुकहरुले गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।