अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा गोल्डकपलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘रंगशालाको विकासका लागि झापाली युवाहरूलाई मेरो सधैं साथ रहनेछ’

झापा गोल्डकपलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘रंगशालाको विकासका लागि झापाली युवाहरूलाई मेरो सधैं साथ रहनेछ’


झापा-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा आजबाट सुरु हुन लागेको ‘सातौं संस्करणको झापा गोल्डकप’ प्रतियोगितामा सहभागी क्लब, खेलाडी र आयोजक सबैलाई सफलताको शुभकामना दिनुभएकाे छ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले यस गोल्डकपको सुरुवाती समयदेखि नै अभिन्न रूपले गाँसिएको कारण खेलाडीहरूसँग समय समयमा भेट भइरहने बताउनुभयाे ।

‘झापाको लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौं संस्करण आजबाट सुरु हुँदैछ। यस गोल्डकपको सुरुवाती समयदेखि नै अभिन्न रूपले गाँसिएको कारण खेलाडीहरूसँग समय समयमा भेट भइरहन्छ,’ सामाजिक सञ्जालमा अध्यक्ष ओली लेख्नुहुन्छ, ‘पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको प्रतियोगितामा सहभागी क्लब, खेलाडी र आयोजक सबैलाई सफलताको शुभकामना। रंगशालाको विकास र प्रतियोगितामा झापाली युवाहरूलाई मेरो सधैं साथ रहनेछ।’