अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापाली जनतासँग भेटघाटमा व्यस्त

एमाले अध्यक्ष ओली झापाली जनतासँग भेटघाटमा व्यस्त


झापा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटलाई तीब्र बनाउनुभएको छ। हिजो अर्थात् माघ २३ गते शुक्रबार गृहजिल्ला झापा आइपुग्नुभएका एमाले अध्यक्ष ओली तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहनुभएका शनिबार बिहानैबाट झापाली मतदातासँग भेटघाटमा ब्यस्त हुनुभएको हो।

अध्यक्ष ओलीलाई जेन्जी पुस्तादेखि बुढाबुढी, पार्टीका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए। 

आज र आइतबार दुई दिन कमल गाउँपालिकामा भेटघाटको तालिका बनाइएअनुसार चुनावी अभियानमा सक्रिय अध्यक्ष ओलीले आज कमल गाउँपालिकाका १७ स्थानका चोक तथा बजारमा मतदातासँग भेटघाट गर्नुभएको छ।

बिहान ११ बजे कमल–५ को त्रिलोकेश्वर मन्दिरमा लागिरहेको पुराणबाट भेटघाट सुरु गर्नुभएका अध्यक्ष ओलीले अमलडाँगी, किराँत चौक, समयगढ,बाँसबारी, सोलमारी, सरङपाडा, ढ्याङ्ग्री, क्याम्प, केर्खा लगायतका चोक–बजारमा मात्र होइन, यस क्षेत्रमा पुराण लागिरहेका घरघरमै पुगेर हार्दिकता प्रकट गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री ओलीले आज कमल गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ तथा ५ का मतदातासँग गर्नुभएको भेटघाटमा उत्साहजनक रूपमा उल्लेख्य मतदाताको उपस्थिति देखिएको छ। कमल गाउँपालिकामा गत स्थानीय निर्वाचनमा विभिन्न दलले गठबन्धन गर्दा पनि उपाध्यक्षसहित ७ मध्ये ४ वटा वडा जितेको यस पालिकामा कम्तीमा पनि ६० प्रतिशत मत अध्यक्ष ओलीले प्राप्त गर्ने एमालेले अनुमान गरेको छ।

झापामा रहुन्जेल अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ केन्द्रित विभिन्न निर्वाचन गतिविधिमा सहभागी हुने जनाएकाे छ। यस क्रममा अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता र झापाली मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्।