झापा- झापाको कमल गाउँपालिकाका बासिन्दाहरुले आफूहरु बहकाउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन्।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोही पनि बहकिने मतदाता पनि नभएको बताउनुभयो।
माघ २५ गते आइतबार कमल गाउँपालिकाको वडा-५ बाट विभिन्न बस्तिका बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट शुरु गर्नु भएको छ। अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे। स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताउनुभयो ।

अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केही समय विश्राम नलिई देश बनाउन उहाँलाई आग्रह गर्नुभयाे। अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफुहरु कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गी खम्बा सिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी हुनु भयो ।

अध्यक्ष ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तिमा पुग्ने तालिका रहेको एमाले गाउँकमिटी अध्यक्ष हरी ढकालले जानकारी दिनुभएको छ।






प्रतिक्रिया