अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदाताले अध्यक्ष ओलीलाई भन्नुभयो: ‘विध्वङ्स गर्नेलाई कार्वाही होस्‌’

मतदाताले अध्यक्ष ओलीलाई भन्नुभयो: ‘विध्वङ्स गर्नेलाई कार्वाही होस्‌’


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्‌नै गाउँमा आइपुग्दा झापाको कलम गाउँपालिका-५ का बासिन्दा हर्षित थिए। सवैको हातमा फूल, माला र ओठमा मुस्कान थियो । तर अरु भन्दा भिन्न चेहरासहित उभिनु भएकी दूर्गा अधिकारीले परै देखि केपी ओलीलाई नियाली रहनुभएको थियो। आफ्‌नै सामुन्नेमा केपी ओली आईपुग्दा त उहाँ भावविहल हुनुभयो। उहाँले अध्यक्ष ओलीलाई भन्नुभयो, ‘त्यो भ्युटावर, सिंहदरवार, सरकारी कार्यालय जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो’ त्यसपछि स्तव्ध हुनुभएकी उहाँले थप्नुभयो, ‘ती भवन र कार्यालयको के दोष थियो र जलाईयो ? ती विध्वङ्स गर्नेलाई अब त्यसै छाड्नु हुँदैन ?’

उहाँको कुरा सुनेर केहीवेर केपी ओली पनि मौन रहनुभयो र भन्नुभयो, ‘सवै कुरा समय आएपछि ठीक हुन्छ, चिन्ता नगर्नु होला।’ स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयहरुले पनि देशका सम्पदा जलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए। रतुवाको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, विजुली र खानेपानी गाउँ गाउँ र घरघरसम्म ल्याउने मान्छेलाई कसैले पनि भुल्न नसक्ने राम धिमालले बताउनुभयो। यो ठाउँको विकास गरेको र अब पनि अरु विकास गर्ने नेतालाई नै यहाँका बासिन्दाले छान्ने उहाँको भनाई थियो।

आइतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न गाउँबस्ती र टोलहरुमा पुगेर मतदातासँग भेट गरिरहनु भएको छ। माघ २४ गते हिजो (शनिवार) उहाँले यही गाउँपालिकाका विभिन्न टोलमा पुगेर स्थानीयसँग भलाकुसारी र भेटघाट गर्नुभएको थियो।